काठमाडौँ। सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
बैंकको पुष ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।
बैठकले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। हाल सिन्धु विकास बैंकको सेयर मूल्य ७२० रुपैयाँ रहेको छ।


