सुर्योदय वोमी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौँ। सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१-०८२ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो।

आर्थिक वर्ष २०८१-८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी वार्षिक साधारण सभा गरिने कम्पनीले जनाएको छ ।

बैठकले २०८२ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०८१-०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै