बैंकहरूमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आग्रह !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा ४ अर्ब भन्दाबढी लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा ४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ लगानी गर्ने जनाएको हो।

जसका लागि राष्ट्र बैंकले पुस ४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरुलाई आह्वान गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ।

उक्त लगानी सन् २०२६ जनवरी १ देखि २०२७ जनवरी १ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै