DISH HOME

बैंकको जाली चेक दिने श्रेष्ठ पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका २१ सेतोवहाल घर भई काठमाडौँ महानगरपालिका ११ भोटेवहाल बस्ने ४१ वर्षीय मनोहर लाल श्रेष्ठ रहेका छन्।

श्रेष्ठमाथि बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन कैद र ३६ लाख जरिवाना भएको तोकिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई स्वयम्भुबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बबरमहल, काठमाडौँ पठाइएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै