काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठलाई मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
उनी यसअघि नै आयोगका सदस्य समेत बनिसकेका छन् भने प्रदेश योजना आयोगको समेत अनुभव उनीसँग छ ।
श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्।



