DISH HOME

‘आफूले कमाएको पैसाको केही हिस्सा अनिवार्य बचत गर्नुहोस्’

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना गर्न सबैलाई आग्रह गरेको छ। आर्थिक भविष्य निर्माण गर्न वित्तीय अनुशासन पालना गर्न सबैलाई राष्ट्र बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै आफूले कमाएको रकमको केही हिस्सा आपतकाली समयमा वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्न आग्रह गरेको हो।

सूचनामा राष्ट्र बैंकले भनेको छ, ‘आफूले कमाएको रकमको केही हिस्सा आपतकाली समयमा वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्छ। यसले अनावश्यक खर्च गर्नबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनावसमेत कम गर्छ। त्यसैले आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसाल्न, मासिक बजेट बनाउन, अनावश्यक कुरामा खर्च नगर्न, अनिवार्य रुपमा नियमित बचत गर्न, आवश्यक भएमा मात्र ऋण लिन र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानी विकास गरौँ।’ सूचनासहित:

 

 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै