काठमाडौँ। वाणिज्य बैंकहरुको सेयर लोन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को पहिला ४ महिनासम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले १ खर्ब २३ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेका छन्।
बैंकहरुले गत आर्थिक वर्ष २०८१-८२ को कात्तिकसम्म ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ शेयर लोन दिएका थिए। यो हिसाबले समीक्षा अवधिमा बैंकहरुले प्रवाह गरेको शेयर लोन अघिल्लो वर्षको तुलनामा ४३.७७ प्रतिशतले बढेको छ।



