काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो। जसका लागि मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आग्रह गरेको छ।




