DISH HOME

नेपाल बैंकका ग्राहकहरूलाई क्युरा हेल्थमा विशेष छुट

काठमाडौँ। नेपाल बैंक र क्युरा हेल्थबीच सम्झौता भएको छ। नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा रहेको क्युरा हेल्थले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो।

उक्त सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवा (स्याम्पल कलेक्सनका लागि नि:शुल्क होम डेलिभरीको सुविधासहित) र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्युरा हेल्थकातर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन्।

नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहक क्युरा हेल्थको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने अपेक्षा बैंकले गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै