DISH HOME

बैंकको पैसा चोरेर जुवा खेल्ने महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ।  महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको हो।

डिसेम्बर ७ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमकाबीच ‘इन्डिया बिजनेश अवार्ड २०२५’ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । महालक्ष्मी विकास बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरेका छन् । बैंकले बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिआ उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो ।

उक्त अवार्डले दुई देश बीच सीमा-पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको यस महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमापार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थिती दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै