काठमाडौँ। लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ अभियान सुरु गरेको छ। बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको सातौँ संस्करण #डिजिटल डिसेम्बर २०२५ औपचारिक रूपमा सुरु गरेको हो ।
‘इम्पावरिङ्ग एन्टरप्राइजेज’ नाराका साथ सुरु भएको यस वर्षको अभियान देशभरका व्यवसाय तथा उद्यमहरूको डिजिटल रूपान्तरणमा केन्द्रित रहनेछ।
बैंकले प्रवर्द्धन गरिरहेका प्रमुख डिजिटल सेवाहरू
इ-कमर्श व्यवसायका लागि भिसा तथा मास्टरकार्डमार्फत निर्बाध अनलाइन भुक्तानी प्राप्ति
कर्पोरेट संघसंस्थाका कर्मचारीका लागि ‘अन कार्ड’ भर्चुअल क्रेडिट कार्ड र भिसा क्रेडिट कार्ड
व्यवस्थित कारोबारका लागि कर्पोरेट पे र राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण
रियल-टाइम भुक्तानी अलर्टसहित व्यापारिक भुक्तानी प्राप्तिका लागि लक्ष्मी वाणी (QR Voice Box)
अभियानमा सहभागी व्यवसायीहरूले डिसेम्बर महिनाभर विशेष अनबोर्डिङ सुविधा, छुट, अग्राधिकार सेवा तथा अन्य व्यवसाय-मैत्री लाभ पाउने बैंकले जनाएको छ।
बैंकका डिजिटल च्यानल तथा रेमिट्यान्स प्रमुख सुमन प्रसाद गेलालका अनुसार #DigitalDecember2025 ले नेपालमा उद्यम भुक्तानी नवप्रवर्तनमा बैंकको अग्रणी भूमिकालाई थप मजबुत बनाउनेछ। उद्यमलाई डिजिटल पूर्वाधार प्रयोगमा सशक्त बनाउँदै सुरक्षित, पारदर्शी र उत्पादक व्यावसायिक वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।




