‘एन्टी ब्राइबेरी एन्ड करप्सन पोलिसी’ लागु गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ‘एन्टी ब्राइबेरी एन्ड करप्सन पोलिसी’ लागु गर्ने जनाएको हो।

अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि
‘एन्टी ब्राइबेरी एन्ड करप्सन पोलिसी’ सम्बन्धी व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्