DISH HOME

वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा प्रवाह हुने ऋण ७.७६ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै ऋण नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट प्रवाह ! (विवरणसहित)

काठमाडौँ। वाणिज्य बैंकहरुबाट पर्यटन क्षेत्रमा सवा २ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा २ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकहरुले २ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी ७.७६ प्रतिशतले बढेको छ।

उक्त क्षेत्रमा सबैभन्दा धेरै ऋण नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रवाह गरेको छ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १६ वटा वाणिज्य बैंकको कर्जा लगानी बढेको छ भने ४ वटाको घटेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २२ अर्ब ९७ करोड रुपैयाँ पर्यटन सेवा क्षेत्रमा कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी ४.२२ प्रतिशतले घटेको छ। त्यस्तै, दोस्रोमा सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा प्रभु बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले सो क्षेत्रमा २२ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ।

यता, ग्लोबल आइएमई बैंकले समीक्षा अवधिमा १५.८६ प्रतिशतले बढेर २१ अर्ब २ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २० अर्ब ७४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १८ अर्ब ९३ करोड रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८५ करोड ७२ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै