काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा बस्ने ३१ वर्षीय रिजय कुमार लामा रहेका छन् ।
मकवानपुर जिल्ला अदालत हेटौंडाबाट फैसला कार्यान्वयन अन्तर्गत बैंकिङ कसुरमा कैद सजाय र तिस हजार रुपैयाँ जरिवाना तोकेपछि लामा फरार रहेका थिए।
लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा पक्राउ गरेको हो।
हाल उनको थप आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ ।



