DISH HOME

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म ब्याजदर प्रस्ताव गर्न आग्रह !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ७६ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।

जसका लागि मंसिर १८ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ५६ करोड ४० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

उक्त लगानी सन् २०२५ नोभेम्बर २७ देखि २०२६ नोभेम्बर २७ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै