नबिल बैंकले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति

काठमाडौँ। नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट औपचारिक स्वीकृति पाएको छ।

सेबोनले बैंकले प्रस्ताव गरेको ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्न मंसिर ५ गते अनुमति दिएको हो।

जसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५ करोड कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै