DISH HOME

ग्लोबल आइएमई बैंकको नाफा २२.९२ प्रतिशतले बढ्यो, ईपीएस पनि २ रुपैयाँ ७७ पैसाले बढ्यो, प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार तीन महिनामा बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा २२.९२ प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २.६२ प्रतिशत, बैंकको कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत, सञ्चालन मुनाफा १०.४४ प्रतिशत र बैंकको वितरणयोग्य मुनाफा पनि बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

यता बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि २ रुपैयाँ ७७ पैसाले बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै