DISH HOME

वाणिज्य बैंकहरूको फर्स्ट क्वाटर रिपोर्ट: ५ बैंकहरुको नाफा बढ्यो, १५ बैंकको नाफा घट्यो, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौँ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यस अबधीमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य गिरावट आएको हो ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तीन महिनासम्ममा बैंकहरुले १३ अर्ब १४ करोड बढी नाफा कमाएका छन्।

जबकी गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड बढी नाफा आर्जन गरेका थिए । यस अबधीमा ५ वटा बैंकहरुको नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ । सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले ५८ करोड ९७ लाख आर्जन गरेको छ ।

यस्तै, ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको ४५ करोड ४९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको नाफा बढेर १ अर्ब १७ करोड ९२ लाख पुगेको छ ।

यता कृषि विकास बैंकले ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार र  एनएमबि बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार, माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ, हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्शियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार र कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै