मुक्तिनाथ विकास बैंकको नाफा २०.२४ प्रतिशतले घट्यो, नाफासँगै ईपीएस पनि २ रुपैयाँ २४ पैसाले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको नाफा २०.२४ प्रतिशतले घटेको छ।

सो अबधीमा बैंकले २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत आर्थिक वर्षको तुलनामा २०.२४ प्रतिशत कम हो । गत आर्थिक वर्षमा बैंकले कुल २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत, कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १९.८९ प्रतिशत र  बैंकको सञ्चालन मुनाफा २०.३ प्रतिशतले घटेको छ ।

यता बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि २ रुपैयाँ २४ पैसाले घटेर १२ रुपैयाँ ७६ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा छ भने मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको बैंकको तथ्यांकले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्