DISH HOME

पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई जेलबाट छाड्न अदालतद्वारा परमादेश जारी

काठमाडौँ। पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई जेलबाट छाड्न अदालतले परमादेश जारी गरेको छ। न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार  ज्ञवालीलाई जेलबाट छाड्न परमादेश जारी गरेको हो।

श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो।

सात वर्षदेखि जेल जीवन बिताएका पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले आज परमादेश जारी गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै