DISH HOME

जेटीसीसीको ९औँ बैठक सम्पन्न (तस्विरहरू)

काठमाडौँ। नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्र (जेटीसीसी) बैठक सम्पन्न भएको छ। सो बैठक काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको हो।

मौद्रिक तथा वित्तीय क्षेत्रका अन्तरदेशीय सरोकारका विषयमा परिणाममुखी संवाद र तिनलाई प्राविधिक रूपमा समाधान गर्न प्रभावकारी बैठक प्रभावकारी भएको जनाइएको छ। कार्यक्रममा गभर्नर प्राडा विश्वनाथ पौडेलले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण र भुक्तानी प्रणालीका उत्कृष्ट अभ्यासको आदानप्रदान, प्राविधिक क्षमता अभिवृद्धि र नीति तर्जुमाको प्रभावकारिताको सन्दर्भमा उक्त संयन्त्र महत्त्वपूर्ण मञ्चको रूपमा स्थापित भएको उल्लेख गरेका छन्।

गभर्नर पौडेलले राष्ट्र बैंक र भारतीय रिजर्व बैंक (आरबीआई) को साझा समन्वय संयन्त्रको काठमाडौंमा सम्पन्न नवौं बैठक उद्घाटन गर्दै आगामी दिनमा उक्त मञ्चमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान थप सघन बन्दै जाने विश्वास व्यक्त गरेका छन् । आगामी दिनमा उक्त मञ्चमार्फत दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध र प्राविधिक सहयोगको आदानप्रदान थप सघन बन्दै जाने विश्वास समेत गभर्नर पौडेलले व्यक्त गरे ।

बैठकको उद्घाटन सत्रमा डेपुटी गभर्नर बमबहादुर मिश्रको समेत उपस्थिति थियो । सोही अवसरमा भारतीय रिजर्व बैंकका कार्यकारी निर्देशक एवम् ‘जेटीसीसी’ संयोजक
अर्णबकुमार चौधरीले उक्त संयन्त्र स्थापना भएयता मुद्रा व्यवस्थापन, वैदेशिक व्यापार र भुक्तानी कारोबारको सहजीकरण, वित्तीय समावेशीकरणको प्रवद्र्धनका सन्दर्भमा फलदायी अभ्यासहरू कार्यान्वयनमा आएको विचार व्यक्त गरे । ‘जेटीसीसी’ मार्फत दुई केन्द्रीय बैंकको पारस्परिक सहकार्य र समन्वय आगामी दिनमा थप सबल हुने विश्वास उनले व्यक्त गरेका छन् ।

बैठकमा गभर्नरको कार्यालयका कार्यकारी निर्देशक एवम् राष्ट्र बैंकका तर्फबाट ‘जेटीसीसी’ संयोजक राजनविक्रम थापाले स्वागत मन्तव्य राख्दै दुईपक्षीय हित प्रबर्धनका निम्ति उक्त संयन्त्रलाई आगामी दिनमा सार्थक र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

 

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै