DISH HOME

बैंकको चेकमा किर्ते हस्ताक्षर गरेर सामुदायिक वनको कोषबाट १८ लाख हिनामिना भएको पुष्टि, अब हुन्छ त कारवाही ?

काठमाडौँ। बैंकको चेकमा किर्ते हस्ताक्षर गरेर डडेलधुराको सामुदायिक वनको कोषबाट १८ लाख हिनामिना भएको छ। सामुदायिक वनका  सचिव र कोषाध्यक्षको जानकारी विना नक्कली माइन्युट तयार गरी चेकमा किर्ते हस्ताक्षर गरी सामुदायिक वनको कोषबाट रकम हिनामिना गरेको खुलासा भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेलधुराको आलिताल गाउँपालिका ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध सामुदायिक वनको कोषबाट पैसा हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

मडैले बैंकका डडेल्धुरा, धनगढी, अत्तरिया, चौमाला र महेन्द्रनगर शाखाबाट निकालेका थिए । आयोगको अनुसन्धानमा समितिले गरेको निर्णय र राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखामा दर्ता भएको निर्णयपत्र फरकफरक पाइएपछि मडैले किर्ते निर्णय बनाई रकम निकालेको पुष्टि भएको हो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै