DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकका पूर्व सिइओ नै कालोसूचीमा परे

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकका पूर्व सिइओ नै कालो सूचीमा परेको खुलासा भएको छ । बैंकमा यसअघि सीइओ भएर हाल बैंकिङ क्षेत्रमा नै नरहेका बैंकका पूर्व सिइओ नै कालोसूचीमा परेका हुन् । राष्ट्रिय स्तरको बिकास बैंकका पूर्व सीइओ नै कालोसूचीमा परेको सम्भवत: यो पहिलो घटना हो ।

फाइनान्स कम्पनीमा भने यस्तो घटना घटेको थियो ।  यसअघि ललितपुर फाइनान्सका सिइओले कालोसूचीमा परेपछि राजिनामा दिएका थिए ।

कालो सूचीमा परेका ती पूर्व सीइओले लिएको ऋण नतिरेपछि कालोसूचीमा परेका हुन् । उनको कालो सूची यो समाचार तयार गर्दासम्म फुकुवा भएको छैन ।

सांग्रिलाले पनि आफ्ना पूर्व सीइओ कालोसूचीमा परेको पुष्टी गरेको छ । बैंकिङ संसारको सम्पर्कमा आएका बैंकका एक उच्च अधिकारीले कालोसूचीमा परेका आफ्ना पूर्व सीइओ कुनै पनि हिसाबले बैंकसँगको सम्पर्कमा नरहेकोसमेत प्रष्ट पारेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै