काठमाडौँ । सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सरकारी निर्देशनको अवज्ञा गरेको छ । तत्कालीन एमाले सरकारले सीइओ बनाएका चुडामणि चापागाईं र तत्कालीन एमाले सरकारले नै अध्यक्ष बनाएका हेमन्त बस्याललाई प्रवेश निषेध गरेको झोकमा उनीहरुले सरकारलाई अटेरी गरेका हुन् ।
सरकारले आजैबाट सेवा सुरु गर्न निर्देशन दिईसकेको छ । तर दुई हाकिम मिलेर सो निर्देशनको अवज्ञा गरेका हुन् । योसँगै नेप्सेका सीइओ र अध्यक्षको आलोचना सुरु भएको छ ।
बैंकको सेयर बढ्ने माहोल बनिरहेका बेला कारोबार नै नखोल्ने निर्देशन दिएको भन्दै उनीहरुको आलोचना भएको हो ।