DISH HOME

एनआईसी एशिया बैंकभित्र सक्रिय छन् ‘सुलसुले’हरु, गोप्य डकुमेन्ट लिक, मिटिङको अडियो ह्वाट्सएप ग्रुपमा !

काठमाडौँ। केहि समय अघि बैंकिङ संसारलाई एउटा ह्वाट्सएप मेसेज प्राप्त भयो । त्यहाँ बैंकको एचआरसम्बन्धि गोप्य रहनुपर्ने सर्कुलर थियो । बैंकले कर्मचारीहरुलाई मात्र सर्कुलर गर्नुपर्ने सो सर्कुलर बुझ्दै जाँदा त जताततै भाइरल भईसकेको रहेछ । यतिसम्मकि बैंकका तल्लो तहका कर्मचारीहरुले सो सर्कुलर हेर्न नै नपाउनुपर्ने हो, तर जताततै छताछुल्ल । जताततै चुहावट । दृश्यमा तपाईंले देखिरहनुभएको सर्कुलर त्यहि सर्कुलर हो । एचआर विभागको जिम्मामा रहनुपर्ने यो विवरण जताततै भाइरल भयो । यो त एउटा उदाहरण मात्र हो, अरु थुप्रै सर्कुलर, र बैंकका आन्तरिक चिठी जताततै चुहिने गरेका छन् ।

बैंकले ऋणीको विवरण गोप्य राख्नुपर्छ । यसको जिम्मा बैंकको रिकभरी विभाग, इन्टरनल अडीट विभाग वा अन्य विभागहरुसँग पर्छ । तर बैंकले एभरग्रिनिङ्ग गरेका फाइल लगायतका विवरण असम्बन्धित व्यक्तिकहाँ पुग्ने गरेको छ । तपाईंले दृश्यमा देख्नुभएको स्क्रिनशट तिनै गोप्य विवरणका फाइलका हुन् । यसले बैंकलाई कुन हदसम्म ड्यामेज गर्न सक्छ, त्यसको कुनै लेखाजोखा छैन । तर बैंकका सुलसुलेहरुले यी विवरण बाहिर लिक गरिदिने गरेका छन् ।

केहि समय अगाडी एउटा मिडियामा समाचार आयो- बैंकका सीइओ बोल्दाबोल्दै एक कर्मचारी प्रेसर हाइ भएर ढले । सो समाचारमा घटनाको विवरण मात्र थिएन, समाचारमा फोटो पनि थियो । यति मात्र होइन, कर्मचारीसँग गरिएको बैठकमा रोशन न्यौपानेले बोलेको अडियो पनि पत्रकारका ग्रुपमा छरपष्ट छन् । पत्रकारको त धर्म नै यहि हो, सकेसम्म बैंकका भित्री सूचनामा पहुँच राख्ने । तर यसमा एनआईसी एशिया बैंककै कर्मचारीहरु सक्रिय छन् । अझ प्रष्ट भन्दा उनीहरु केहि निश्चित मिडियाका रिपोर्टर बनिरहेका छन् ।

बैंकमा सीइओले राजिनामा दिन्छु भनेर धम्की दिएको, बोर्डले नमानेको, मात्र होइन, राष्ट्र बैंकले कारवाही गर्ने भएपछि सीइओले राजिनामा दिएको खबर पनि कर्मचारीले समाचारमै पढे । सीइओले पत्र लेखेर कर्मचारीलाई जानकारी नदिंदै सोको विवरण बाहिर आयो ।

आखिर यस्तो कसले गरिरहेको छ त ? कुरा सिम्पल छ ।

एचआरसम्बन्धि विवरण बैंकका एचआर प्रमुख नारायण नेपालले नै लिक गर्ने गरेका छन् । लिक भएको सर्कुलर सुरुमा नारायण नेपालको ह्वाट्सएपबाट असम्बन्धित व्यक्ति कहाँ पुग्ने र त्यहाँबाट अन्त भाइरल हुने गरेको बैंक स्रोत दाबी गर्छ । यसबारे सोध्दा उनी ‘मलाई केहि थाहा छैन’ भन्छन्, तर आफ्नो जिम्मामा पर्ने सर्कुलर बाहिर जाँदा थाहा नपाउनेले त्यो पदमा बसिरहन कुन नैतिकताले दिन्छ ?

बैंकका आन्तरिक बैठकका अडियो र फोटो पनि सार्वजनिक गर्ने गरेको आरोप पनि उनी माथि नै छ । नारायण नेपालमात्र होइन, बैंकभित्र ऋणीका विवरण इन्टरनल अडिट विभागका कर्मचारीहरुले नै लिक गरिदिने गरेका छन् । यसमा बैंकका हालका सीइओ सन्तोष राठी नै चुप लाग्दा त्यस्तो कामले झनै प्रसय पाउने गरेको छ ।

बैंकमा बैंकका कम्पनी सचिव दिपेन कार्कीले भोग्नुपरेको पुलिस केसको खबर पनि उनी थानाबाट बाहिर ननिस्किदै बाहिरिएको थियो । यसमा पनि बैंककै उच्च अधिकारीको हात छ । मिडियासँग नजिक रहेका ती पात्रले दिपेनको यस्तो केस घटेछ भन्दै अन्य कर्मचारीहरुलाई सुनाए, स्रोतको दाबी छ- सुन्नेमध्येमा एक एचआरविभागका उनै नारायण नेपाल पनि थिए । एक कान दुई कान हुँदै, कुरा मिडियासम्म पुग्यो, र खबर बाहिरियो ।

नारायण नेपालले सर्कुलर मैले लिक गरेको होइन भन्ने दाबी गर्ने गरेका छन् । तर तथ्य यहि हो, यसको जिम्मेवारी विभागीय प्रमुख भएका नाताले उनले लिनुपर्छ । तथ्य यो पनि हो, कि यस विषयमा छानविन आवश्यक थियो । तर काण्ड नै काण्ड घटेको एनआईसी एशियामा एउटा काण्डवालाले अर्को काण्डवालाको अनुसन्धान कसरी गर्थ्यो र ? नारायाणलाई कारवाही गरे, नारायणले अरुहरुको काण्ड सार्वजनिक गरिदिने पीर भयो, अरु हाकिमलाई । दिपेन कार्कीको केस पनि त्यहि हो । यौन दुर्व्यवहारको केसमा थानामा पसिसकेपछि उनलाई बैंकले हटाउनुपर्ने थियो । तर उनी परे कम्पनीसचिव । ‘मलाई हटायौ भने, सबका सब काण्डको पोल खोलिदिन्छु’ भन्ने शैलीमा उनी लागेपछि उनको केस पनि सामसुम भयो ।

सीइओले त कारवाही गर्नु पर्यो नि, भन्नुहोला । सीइओका अनेक काण्ड यीनै अरु काण्डवालाहरुलाई थाहा छ । अनि कसरी लिनु सीइओले रिस्क ? डेपुटी सीइओ अहिलेका कामु सीइओ राठीले पनि अनेक फाइलमा अनेक मिलाउने काम गरेका छन् । उनले कारवाहीको रिस्क कसरी लिने । कारवाही गर्ने नैतिक अधार भएका एक डेपुटी सीइओ थिए, सुधिर नाथ पाण्डे, उनलाई बैंकले नै निकालिदियो । त्यसपछि त तैंचुप मै चुप । बैंक बिग्रेर कुन भडखालो गईसक्यो, तर मतलव कसले गर्ने ?

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै