मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांशको विवरण सार्वजनिक गरेको हो।

जसअनुसार बैंकले आफ्नो चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसका कारण कुल १८.२० प्रतिशत लाभांश वितरण हुने प्रस्ताव छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र कम्पनीको आगामी साधारणसभामा पारित भएपछि यो लाभांश लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै