अब विदेशी कार्डमार्फ नै नेपालमा राजस्व भुक्तानी गर्न सकिने !

काठमाडौँ। अब विदेशी कार्डमार्फ नै नेपालमा राजस्व भुक्तानी गर्न सकिने भएको छ। नेपाल सरकारले राजस्व भुक्तानी प्रणालीमा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कको प्रयोग सुरु गरेको हो।

बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणालीमा ‘इन्टरनेशनल  कार्ड नेटवर्क’ आबद्धता शुभारम्भ गरेका हुन्।

उक्त प्रणाली सुरु भएपछि अब विदेशमा रहेका नेपाली सेवाग्राही र नेपाल आउने पर्यटकले मास्टर कार्ड, भिजा कार्ड, अलिपे जस्ता अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर सहजै राजस्व तिर्न सक्नेछन्।

सुरुवातमा यो सुविधा अध्यागमन विभागका राजस्व सेवामा लागू भएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै