prabhu

जेनजी आन्दोलनको नाममा भाटभटेनीमा भएको लुटपाटमा बैंकका कर्मचारी समेत संलग्न !

काठमाडौँ । देशभर फैलिएको जेनजी आन्दोलनको आडमा राजधानीसहित विभिन्न स्थानका भाटभटेनी सुपरमार्केटहरूमा समान चोरी भएको छ । सोहि चोरीमा बैंकका कर्मचारी समेत यस लुटपाटमा संलग्न रहेको खुलेको हो ।

भीडभाडको मौका छोप्दै उनीहरूले कपडा, इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामानदेखि लिएर अन्य उच्च मूल्यका सामग्री समेत चोरी गरेका थिए । सामाजिक सञ्जालमा भाटभटेनीभित्र भीडले समान लुटिरहेको भिडियोहरू भाइरल भएपछि अनुसन्धान तीव्र पारिएको हो।

सोहि क्रममा बैंक कर्मचारीको संग्लग्नता हो । सुरक्षा निकायले भाटभटेनी लगायत अन्य ठूला पसल र व्यवसायिक केन्द्रलाई लक्षित गर्दै भएको तोडफोड तथा चोरीलाई नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको छ।

बैंकले भने ती कर्मचारी हरुलाई कारवाहीको तयारी गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै