काठमाडौँ । दुर्गा प्रसाईं मन्त्री बन्ने चर्चा चलिरहँदा बैंक तथा वित्तीय क्षेत्रमा हलचल मच्चिएको छ । प्रसाईं मन्त्री हुने चर्चाले बैंक र वित्तीय संस्थाका कर्मचारीहरू चिन्तित देखिएका छन् भने ऋणीहरू उत्साहित भएका छन्।
दुर्गा प्रसाईं मन्त्री बन्ने सम्भावनाले ऋणीहरूमा खुशीयाली छाएको छ । विशेषगरी लघुवित्तका ऋणीहरु खुसी भएका छन् । उनी मन्त्री भएमा बैंकमा २० लाख रुपैयाँसम्मको ऋण तिर्न नपर्ने वा सजिलो हुने सम्भावना रहेको चर्चाले ऋणीहरूलाई उत्साहित बनाएको हो । यसले उनीहरूमा ‘ऋण माफी’ वा कम ब्याजदरमा ऋण पुनःसंरचना हुने आशा जगाएको छ।
तर, यता यहि खबरले बैंक र वित्तीय संस्थाका कर्मचारीहरूलाई यो खबरले तनाव दिएको छ। कर्मचारीहरूले ऋण तिर्नुपर्ने प्रक्रियामा अवरोध आउन सक्ने, संस्थाको वित्तीय अवस्था कमजोर पर्न सक्ने र व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने डर देखाएका छन्। विशेषगरी, ठूलो रकमको ऋण माफ हुने सम्भावनाले बैंकहरूको नाफा, बैलेन्स र ऋण रिकभरी योजनामा असर पार्ने डरले उनीहरु आत्तिएका हुन् ।