prabhu

नेपाल बैंक र माछापुच्छ्रे बैंकका शाखामा तोडफोड, सिटिजन्स बैंकको एटीएममा लुटपाट !

काठमाडौं । जेनजी आन्दोलनकै क्रममा नेपालका पुराना तथा ठूला बैंकहरू पनि व्यापक रूपमा प्रभावित भएका छन् । आन्दोलनकारीहरूले विभिन्न स्थानमा रहेका शाखा, काउन्टर र एटीएम मेसिनमा क्षति पुर्‍याएका छन् ।

बैंकका अनुसार, बैंकका काँकडभिट्टा, गौरादह र ताप्लेजुङमा रहेका ३ वटा काउन्टर र एउटा एटीएम मेसिन तोडफोड भएको छ । भौतिक क्षति पुगे पनि, नगद तथा ग्राहकको सम्पत्ति सुरक्षित रहेको बैंकले जनाएको छ ।

यसैगरी, माछापुच्छ्रे बैंकका भरतपुर मालपोत, सिंहदरबार परिसर र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) परिसरमा रहेका ३ वटा एटीएम मेसिन क्षतिग्रस्त भएका छन् ।

यता, सिटिजन्स बैंकको संरचना पनि तोडफोडबाट अछुतो रहन नसकेको पाइएको छ । बैंकका अनुसार, नक्सालस्थित भाटभटेनी सुपरमार्केट परिसरमा रहेको एटीएम मेसिनमा क्षति पुर्‍याइएको छ । यद्यपि, बैंकले यसलाई “सामान्य घटना” भन्दै ग्राहकहरूको सम्पत्ति सुरक्षित रहेको स्पष्ट पारेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै