prabhu

जेनजी आन्दोलनको क्रममा कुमारी बैंकको दुलेगौंडा शाखामा तोडफोड, भाटभटेनीस्थित एटीएम मेसिनमा पनि क्षति !

काठमाडौँ । जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले कुमारी बैंक र यसको संरचनालाई पनि निशाना बनाएका छन् । आन्दोलन तीव्र भइरहेका बेला कुमारी बैंकको दुलेगौंडा शाखा कार्यालयमा तोडफोड भएको छ भने हेटौंडामा भाटभटेनी सुपरमार्केट परिसरमा रहेको एटीएम मेसिन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

बैंकका अनुसार, हेटौंडाको भाटभटेनी परिसरभित्र रहेको बैंकको एटीएम मेसिनसमेत तोडफोडका कारण प्रयोग अयोग्य बनेको छ ।

बैंकले तोडफोड भएका संरचनाको मर्मत कार्य सुरु गरिसकेको र सुरक्षा संयन्त्रलाई थप बलियो बनाउन सम्बन्धित निकायसँग सहकार्य गरिरहेको सीईओ खनालले स्पष्ट पारे ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै