PRABHU BANK

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर एकान्तकुनामा संचालन

Civil Bank
  • बैंकिङ संसार
ललितपुर । सिभिल बैंक लिमिटेडले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले ललितपुरको एकान्तकुनामा आफ्नो ३औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । 
बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टर संचालनमा आएसँगै ललितपुरको यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् ।
बैंकको हालसम्म १ सय १४ शाखा र ३ एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् । साथै ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा दिइरहेको बैंकले ७० अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै