काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले सेयर धनीलाई दिएको लाभांश ५ बर्षसम्म पनि लिन नआउने सेयरधनीलाई सो लाभांश लिन अनुरोध गरेको हो ।
बैंकले साविकका वीरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्सको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ ।
सेयरधनीलाई यो सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले आग्रह गरेको हो।