१ . एभरेष्ट बैंकको लापरबाहीका कारण विदेश गएकी एक सेवाग्राही आफूले निकै दुःख पाएको बताएकी छिन् । बैंकको डलर कार्ड र ट्राभल कार्डमा गम्भीर त्रुटि हुदाँ ती महिलाले आफू बेलायत भ्रमणमा जाँदा निकै दुःख पाएको बताएकी हुन् ।
२ . कृषि विकास बैंकका नव नियुक्त अध्यक्ष एमाले नेता भएको र उनी काठमाडौँ महानगरका मेयर बालेन शाहका उग्र विरोधी भएको खुलासा भएको छ । उनी एमालेकै जोडबलमा कृषि विकास बैंकका अध्यक्ष बनेका हुन् ।
३ . लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै शाखा प्रबन्धक र सुपरभाइजर पदका लागि कर्मचारी माग गरेको हो । सो पदमा काम गरेको अनुभव भएकालाई बढी प्राथामिकता दिइने बैंकले जनाएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ २५ गतेभित्र आवेदन दिनसक्नेछन्।
४ . वाणिज्य बैंकहरुबाट घरजग्गामा २ खर्ब रुपैयाँ बढी कर्जा लगानी भएको छ। गत आर्थिक वर्ष २०८१-८२ मा २० वटा वाणिज्य बैंकहरूबाट घरजग्गामा २ खर्ब ३० अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी भएको हो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गामा जाने कर्जा २. ८० प्रतिशतले बढेको हो।
५ . नारायणी डेभलपमेन्ट बैंकमा विभिन्न पदका लागि जागिर खुलेको छ । बैंकमा शाखा प्रबन्धक, सुपरभाइजर, अफिसर, असिस्टेन्ट पदका लागि जागिर खुलाएको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ २५ गतेभित्र आवेदन दिनसक्नेछन्।
६ . भदौ १८ गते देखि देशभरका बोर्डिङ स्कुल बन्द गरेर आन्दोलन गर्ने स्कुलवालाहरुको घोषणापछि बैंकमा सोही मौकामा बैंकबाट बिदा माग्ने कर्मचारीहरू बढेका छन् । स्कुल जाने छोराछोरी घरमै हुने भएपछि बैंकबाट बिदा माग्ने कर्मचारीहरु बढेका हुन् ।
७ . विवादै विवादकाबीच सबै कागज मिलाएर राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालक नियुक्त भएका छन् । ऋणी बैंकको सञ्चालक बन्न नपाइने भए पनि नियुक्तिपछि ऋण तिरेर भए पनि हरि प्रसाद सिलवाल बैंकको सञ्चालक बनेका हुन् । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्तिमा यो हदसम्म विवाद भएको सम्भवतः यो पहिलोपटक हो ।
८ . बीमा कम्पनीसँग भएको ठूलो पैसा कतिपय बैंकले चाहिन्न भनेर लिन अस्वीकार गरेपछि बीमा कम्पनीहरू अरु विभिन्न बैंकमा पैसा राखिदिन अनुरोध गर्दै धाउन थालेका छन् । तरलता बढी भएपछि बैंकहरुले बीमा कम्पनीका पैसा लिन छोडेका हुन् ।
९ . महालक्ष्मी विकास बैंकका कर्मचारीहरूले बैंकमा काम नै छोडेर कार्यलय भित्रै टिकटक बनाएर ग्राहकको काममा नै खलल पुर्याउने गरेको गुनासो राष्ट्र बैंक पुगेको छ । ग्राहकलाई कुराएर कर्मचारी बैंकभित्र टिकटक बनाएर बसेको भन्दै गुनासो राष्ट्र बैंक पुगेको बुझिएको हो ।
१० . कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष, एमाले नेता डिम प्रकाश पौडेलले बैंकको अध्यक्ष पदको सपथ लिएका छन् । उनले गभर्नर विश्वनाथ पौडेलबाट सपथ लिएका हुन् ।
११ . बैंकहरुलेआवश्यक पर्नेलाई भन्दा पावर हुनेलाई विना धितो वा सहुलियतपूर्ण कर्जा दिने गरेको चौतर्फी गुनासोपछि नियामक राष्ट्र बैंकले अव बैंक वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा लिएका ऋणीको विवरण ३(३ महिनामा सार्वजनिक गर्नुपर्ने नियम ल्याएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै यस्तो नियम ल्याएको हो ।
१२ . बैंकहरुबाट कम ब्याजमा सहुलियतपूर्ण ऋण लिनेहरु नै बैंकमा ब्याज नतिरेर कालोसूचीमा पर्नेहरु बढी रहेको खुलासा भएको छ । सस्तो ब्याजमा सहुलियतपूर्ण ऋण लिनेमध्ये धेरैले पछि कर्जाको सावाँ र ब्याज नै नबुझाएको पाइएको हो ।
१३ . कुमारी बैंकले कारोबार नभएका खाता बन्द गर्ने भएको छ। बैंकले शून्य मौज्दात भई कारोबार नभएका खाताहरु बन्द गर्ने भएको हो । बैंकले ३५ दिने सूचना सार्वजनिक गर्दै १० वर्षदेखि कारोबार नभएका खाताहरू बन्द गर्न लागेको हो ।
१४ . पैसा नभएको चेक काटेका कारण अदालतले झन्डै एक करोड रुपैयाँ जरिवाना र १८ दिन जेल सजाय सुनाएपछि भागेका गोरखाको आरुघाट घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४१ वर्षीय हरिस चन्द्र खनाल पक्राउ परेका छन् । पक्राउ परेका खनाललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
१५ . पूर्व बैंकर तारा मानन्धरले नेतृत्व गरिरहेको डिस होमले लामो समयदेखि भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नै नगरेको पाइएको छ । डिस होमले लामो समयदेखि विभिन्न खालका भुक्तानी रोकेको पाइएको हो । कम्पनीले पनि कम्पनीमा हुनुपर्ने जति पैसा नहुँदा भुक्तानी रोकिएको स्वीकार गरेको छ । आर्थिक रुपमा निकै गाह्रो स्थितिमा पुगेपछि कम्पनीले आइपीओमार्फत पैसा उठाउने तयारी गरेको छ ।
१६ . ज्योति विकास बैंकले गलत विवरण राखेर ऋणीको विवरण सार्वजनिक गरको पाइएको छ । बैंकले ऋणीको नागरिकता नम्बर लगायतका विवरण गलत राखेर ऋणीको विवरण सार्वजनिक गरेको पाइएको हो ।
१७ . सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको रकमको गलत प्रयोग गरेको निष्कर्ष निकालेको छ । अदालतले सीएसआरका नाममा बैंकहरुले सो रकम निजी हितका लागि खर्च गरेको, ब्रान्डीङमासमेत सीएसआरको रकम प्रयोग गरेको लगायतका कैफियत देखाएर कानुन नै बनाएर त्यसको नियमन गर्न आदेशसमेत दिएको छ ।
१८ . सम्पदा लघुवित्तका सीइओ लक्ष्मण पौडेलले आफैंले आफैंलाई कम्पनी सचिवमा नियुक्त गरेको पत्र नेप्सेमा पठाएका छन् । उनले सञ्चालक समितिले आफैंलाई कम्पनी सचित नियुक्त गरको भन्दै आफ्नै हस्ताक्षरमा नेप्सेमा पत्र पठाएका हुन् ।
१९ . नेपालमा छिट्टै डिजिटल बैंकको लाइसेन्स वितरण हुन लागेको चर्चा चलिरहेका बेला बंगलादेशको केन्द्रीय बैंकले भने डिजिटल बैंकको लाइसेन्स नेपालभन्दा पहिला विवतरण गर्ने भएको छ । यसका लागि त्यहाँको केन्द्रीय बैंकले प्रक्रियासमेत सुरु गरिसकेको छ ।
२० . माछापुच्छ्रे बैंकको विराटचोक शाखामा आगलागी भएको छ। आइतबार बैंकको कार्यालय नजिकै रहेको बिजुलीको पोलमा आगलागी हुँदा उक्त आगो कार्यालयमा लागेको हो। आगलागीबाट बैंकको प्रणाली कक्ष ९सिस्टम रुम० पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
२१ . गरिमा विकास बैंक दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डसबाट सम्मानित भएको छ। बैंक इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डसबाट सम्मानित भएको हो ।
२२ . बैंकिङ कसुर मुद्दामा २० लाख जरिवाना भएपछि भागेका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको टिकाथली बस्ने ४६ वर्षीय प्रदिप खत्री रहेका छन् । काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर महादेवस्थानबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
२३ . सम्पदा लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै वरिष्ठ सहायक एक जना, शाखा प्रमुख र कनिष्ठ सहायक पदका लागि कर्मचारीको माग गरेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले भदौ ३० गतेभित्र आवेदन दिन सक्नेछन् भने आवेदन अनलाइनमार्फत दिन सकिनेछ।
२४ . एनआईसी एशिया बैंकले घर कर्जा दिने भएको छ । बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि ३ करोडसम्म घर कर्जा प्रदान गर्ने भएको हो । यो कर्जा बैंकले सार्वजनिक गरेको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना अन्तर्गत रहेको छ ।
२५ . नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियोको सम्पत्ति गुणस्तर समीक्षा ९एलपीआर० गर्न ६२ लाख ५४ हजार ९१२ रुपैयाँ खर्च गर्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक संस्था बंगलादेशको हाउलदार युनुस कम्पनीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
२६ . नेपाल एसबिआई बैंक तीन पुरस्कारहरुबाट सम्मानित भएको छ । बैंक इण्डियन चेम्बर अफ कमर्शद्धारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने वाणिज्य बैंकतर्फका तीन पुरस्कारहरुबाट सम्मानित भएको हो ।
२७ . नेपालका आधा दर्जन बैंक सेयर कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । चौतर्फी माग बढे पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजीको कुल ४० प्रतिशतसम्म मात्रै सेयर धितोमा कर्जा दिन पाउने व्यवस्था भएको र सो सिमा सकिएकोले आधा दर्जन बैंकहरु सेयर कर्जा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।
२८ . नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका करिब चार सय ऋण खाता र तीन सय हाराही निक्षेप खाता बन्द गरेको छ । राष्ट्र बैंकले टेकओभर गरेपछि साना निक्षेप खाता बन्द गरिएका हुन् ।
२९ . दशैं नजिकिएसँगै बैंकबाट ऋण लिन खोज्नेहरु बढेका छन् । दशैंको मौकामा व्यापार गर्न, दशैंमा तलव खुवाउन र चाडबाडको गर्जो टार्न ऋण लिन खोज्नेहरु बढेका हुन् ।
३० . सुनको भाउ ह्वात्तै बढेपछि सुन कर्जा लिन खोज्नेहरु बढेका छन् । सुनको भाउ बढेपछि आफुसँग भएको सुन धितो राखेर ऋण लिन खोज्नेहरु बढेका हुन् ।
३१ . कृषि बिकास बैंकले प्रायोजन गरेको नेपाल आइडलको पछिल्लो सिजन हालसम्मकै सिजनहरुमध्ये फ्लप भएको भन्दै बैंकभित्रै गलत ठाउँमा पैसा खर्च गरिएको बहस सुरु भएको छ । कार्यक्रम आएको र गएको नै धेरैलाई थाहा नभएपछि सोचेअनुसारको प्रमोसन नभएको भन्दै बैंकभित्र बहस सुरु भएको हो ।
३२ . पछिल्लो समय नेपाली जनताको रुची घट्दै गएको सिटि मनि एक्सप्रेसले दशैं तिहार योजना सार्वजनिक गरेको छ । रेमिट्यान्स कम्पनीहरुमध्ये अन्यको तुलनामा खासै नेपालीहरुले रुची नराखेको सिटी एक्सप्रेसले आफ्नो घटेको व्यापार बढाउन दशैंलाई टार्गेट गरेको हो ।
३३ . नेपाल बैंकको सञ्चालकमा डिल्लीराज शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालकबाट थानेश्वर गौतमले राजिनामा दिएसँगै बैंकले डिल्लीराज शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
३४ . नेपाल राष्ट्र बैंकका १०७ कर्मचारीको एकैपटक सरुवा भएको छ । राष्ट्र बैंकको विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीको एकैपटक सरुवा भएको हो।
३५ . सरकारले फेसबुक व्हाट्सएप लगायतका सामाजिक संजाल बन्द गरेपछि बैंकका कामहरु पनि प्रभावित हुने भएका छन् । बैंकका धेरै काम व्हाट्सएपबाट भैइरहेकोमा ती सेवाहरु प्रभावित हुने भएका हुन् ।
३६ . सरकारले फेसवुक लगायतका सामाजिक संजाल बन्द गरेपछि अब बैंकहरुको मार्केटिङ खर्छ बढ्ने भएको छ । सरकारले सूचीकरण हुन नआउने सामाजिक सन्जाल बन्द गरेपछि बैंकहरुको खर्च बढ्ने भएको हो ।
३७ . सरकारले युट्युब फेसबुक लगायतका सामाजिक संजाल बन्द गर्ने भयेपछि बैंकिङ च्यानल मार्फत आउने अर्वौँ रेमिट्यान्स अब नेपाल न आउने भएको छ । सरकारले समाजिक संजाल बन्द गरेपछि यस्ती स्थिती आउने भएको हो ।