prabhu

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र महासंघबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न बैंकबीच सम्झौता भएको हो ।

सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भई सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु मार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले पाण्डेले दिएका छन् ।

सो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै