काठमाडौँ। एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
बैंकको भदौ १९ गते बसेको ३८७औं सञ्चालक समितिको निर्णयअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि बैंकको साधारणबाट पारित गर्नुपर्छ । जसअनुसार लगानीकर्ताले बैंकको २० प्रतिशत लाभांश पाउनेछन् ।