काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रको नम्बर १ न्युज पोर्टल बैंकिङ संसार डटकम अव नेपालको चर्चित डिजिटल प्लेटफर्म नेपाली पात्रोमा पनि पढ्न सकिने भएको छ । शुक्रबारदेखि बैंकिङ संसार डटकम नेपाली पात्रोमा आवद्ध भएको हो ।
नेपाली पात्रोमा बैंकिङ संसार डटकम आवद्ध भएसँगै अव बैंकिङ सम्बन्धि समाचार पढ्न र हेर्न थप सहज भएको छ ।
नेपाली पात्रो नेपालको सर्वाधिक चर्चित एपमध्येको एक हो । नेपाली पात्रो समाचार पढ्न, रेडियो सुन्न, राशिफल पढ्न लगायतका सेवाहरुका लागि निकै चर्चित छ ।