prabhu

१० वटा ठूला वाणिज्य बैंकको एलपीआरमा साढे ६२ लाख खर्च गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यू एलपीआर) का लागि साढे ६२ लाख खर्च गर्ने भएको छ। राष्ट्र बैंकले ती बैंकको एलपीआर गर्न अन्तर्राष्ट्रिय लेखापरीक्षक बंगलादेशको हाउलदार युनुस कम्पनीलाई ६२ लाख ५४ हजार ९१२.५ रुपैयाँ खर्च गर्ने भएको हो।

यस कम्पनीलाई बाह्य लेखापरीक्षण सम्पन्न गर्न राष्ट्र बैंकले ५ महिनाको समय दिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सर्तबमोजिम धेरै कर्जा प्रवाह गरेका १० ठूला बैंकको विदेशी अडिटरबाट राष्ट्र बैंकले लेखापरीक्षण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

आईएमएफसँग विस्तारित कर्जा सुविधा लिने क्रममा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए। आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि उक्त सर्त राखेको थियो। आईएमएफले बैंकहरुको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उल्लेख गर्दै तत्काल १० ठूला बैंकको ऋण पोर्टफोलियो समीक्षा गर्नुपर्नेमा जोड दिएको हो।

आईएमएफले राष्ट्र बैंक ऐनमा संशोधन तथा राष्ट्र बैंकलाई बाह्य लेखापरीक्षणलाई प्राथमिकतामा राख्नसमेत सुझाएको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै