काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका छन् । र्याडिसन होटलको सेवा सुविधामा बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने विषयमा बैंक र होटलबीच सम्झौता भएको हो ।
यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन् भने एरपोर्ट लाउन्ज एण्ड रेस्टुरेन्ट, पेस्ट्री सप र ट्रयाक्युलिटि स्पा मा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नेछन् ।
सो सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।