काठमाडौँ। माछापुच्छ्रे बैंकको विराटचोक शाखामा आगलागी भएको छ। आइतबार राती करिब १०:४५ बजे बैंकको कार्यालय नजिकै रहेको बिजुलीको पोलमा आगलागी हुँदा उक्त आगो कार्यालयमा लागेको हो।
आगलागीबाट बैंकको प्रणाली कक्ष (सिस्टम रुम) पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । आगलागीका कारण बैंकको विराटचोक शाखाको काम प्रभावित भएको छ ।
बैंकका अनुसार शाखा कार्यालयको काम भदौ १७ गते मंगलबारदेखि पुन: सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।