prabhu

प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट सम्झौता

काठमाडौँ। प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट सम्झौता भएको छ। बैंक र घरपझोङ गाउँपालिका वडा नं. २ मार्फा स्थित मार्फा प्यालेस होटल बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (इधलभच) र प्रभु बैंकको तर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैंकको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटल विच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रबर्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै