काठमाडौँ। कृषि विकास बैंकले नयाँ अध्यक्ष पाएको छ। बैंकले नयाँ अध्यक्षको रुपमा डिम प्रसाद पौडेललाई पाएको छ।
बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले बैंकको सञ्चालक समिति अध्यक्षमा डिम प्रसाद पौडेललाई नियुक्त गरेको हो। उनीसँग २५ वर्ष भन्दा लामो निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको अनुभव छ।
पौडेल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडका समेत अध्यक्ष रहेका छन्।