काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब) को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका)ले १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रवन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा.पुष्पराज अवस्थीले हस्ताक्षर गरे । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
किड्स क्लिनिक वाल स्वास्थ्य सम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।