PRABHU BANK

प्रभु बैंक लिमिटेडको नयाँ शाखा मुस्ताङमा, फेन्चोक छेप्तेन गुरुङद्धारा उद्घाटन

Prabhu Bank
  • बैंकिङ संसार
मुस्ताङ । प्रभु बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं ०४ स्थित कागवेनीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखा संचालनमा आएसँगै बैंकको शाखा संख्या २१२ पुगेको छ । बैंकको कागवेनी शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका हुन् ।
शाखा कार्यालयको उद्घाटन गर्दै फेन्चोक छेप्तेन गुरुङले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । यस्तै बैंकको यो अभियानले देश भरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको पनि बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै