DISH HOME

एनआईसी एशिया बैंक र SENTBE रेमिटबीच सम्झौता, दक्षिण कोरियाबाट सजिलै नेपालमा रकम पठाउन सकिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक र SENTBE रेमिटबीच सम्झौता भएको छ । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी बैंक र रेमिटबीच सम्झौता भएको हो । दक्षिण कोरियामा बस्दै आएका नेपाली नागरिकहरुले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्ने भएका छन् । 
उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ । यसैगरी वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 
बैंकले हालसम्म देशभर रहेका ३ सय ३३ शाखा कार्यालयहरू, ४ सय १ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर र ७४ वटा शाखा रहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको २२ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले गत आर्थिक वर्षमा करिब २ अर्व ६५ करोड रुपैयाा भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको थियो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै