सानिमा बैंकको नाफा ९२ प्रतिशतले बढ्यो

काठमाडौँ। सानिमा बैंकको वितरण योग्य नाफा ९२ प्रतिशतले बढेको छ।  बैंकको नाफा ९२ प्रतिशतले बढेर दुई अर्ब ७८ करोड रूपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा भने बैंकको एक अर्ब ४४ करोड रूपैयाँ वितरण योग्य नाफा थियो। बैंकको खुद नाफा ७.२५ प्रतिशतले बढेको छ। बैंकको नाफा दुई अर्ब ३९ करोड रूपैयाँबाट बढेर दुई अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी बढेपछि नाफा बढ्न सहयोग पुगेको हो। बैंकको खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड रूपैयाँ पुगेको हो। बैंकको सञ्चालन मुनाफा पनि २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ।

यता बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ९३ पैसा छ। यसअघि यस्तो आम्दानी १७ रूपैयाँ ६५ पैसा थियो। साथै, बैंकको प्रतिसेयर नेटवर्थ १६८ रूपैयाँ ८३ पैसा रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्