prabhu

कर्णाली बैंक घोटालामा ठूला माछा जेल

काठमाडौँ। कर्णाली विकास बैंकमा जनताको करोडौँ घोटाला गर्ने तीन जना जेल चलान भएका छन् । बैंकमा जनताको करोडौँ घोटाला गर्ने बैंकका सञ्चालक राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त प्रमुख देवप्रकाश सिंह जेल चलान भएका हुन्  ।

लामो बहसपछि न्यायधीशहरु चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको इजलासले यस्तो आदेश दिएको हो । पछिल्लो समय कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरु खुलेआम घुमिरहेको पाइएको छ।

बैंक घोटाला प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरु काठमाडौँमा खुलेआम घुमिरहेको र कतिपय त कार्यालयमा काम गरिरहेकोसमेत पाइएको हो ।

प्रहरीले भेट्न नसकेको भन्दै फरार सूचीमा राखेर मुद्धा दायर गरेका कतिपय खुलेआम घुमिरहेको पाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै