नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद सेयर निष्काशन गर्ने अनुमति

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्काशन अनुमति दिएको छ । बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन अनुमति दिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै