नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरु पुन: आन्दोलनमा, माग पुरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा ! (सूचनासहित)

काठमाडौँ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिएका छन्। लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा बढी आन्दोलन हुने कम्पनीका रुपमा चर्चित यो लघुवित्तमा विभिन्न माग राखी कर्मचारीहरु पुन: आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले लामो समयदेखि बढुवा नभएका कर्मचारीलाई बढुवा गर्नुपर्ने, लामो समयदेखि करारमा भएका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने, विभिन्न विभागमा भएको कर्मचारी भेदभाव अन्त्य गर्नुपर्ने र सम्पूर्ण कर्मचारीहरूको आधार तलव ५०० का दरले बढाउनुपर्ने जस्ता माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

संस्थाका कर्मचारीहरुले शान्तीपूर्ण आन्दोलन गर्दा पनि माग सम्बोधन नहुने देखेपछि साउन १४ गतेदेखि पेन डाउन नै गरेर आन्दोलनमा उत्रिएका छन्। आफूहरूको माग पुरा नभएसम्म उनीहरूले अझै चरणबद्ध आन्दोलन गर्ने घोषणा समेत गरेका छन्। सूचनासहित:

 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्