DISH HOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा र प्रतिसेयर आम्दानी दुबै घट्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा घटेको छ। गत आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १३.८५ प्रतिशतले घटेको हो।

समीक्षा अवधिसम्म निफ्राले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०-८१ को यही अवधिसम्म बैंकले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्म निफ्राले १ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निफ्राले २ अर्ब २५ करोड १३ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन आम्दानी १२.७१ प्रतिशतले घटेको छ।

त्यस्तै, निफ्राको खुद ब्याज आम्दानी घटेर १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँमा कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्यजा आम्दानी २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ भएको थियो।

यता बैंकको प्रतिसेयर आम्दानी घटेर ५.३० रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ६.१६ रुपैयाँ थियो भने पीई रेसियो ५९.९६ गुणा रहेको निफ्राको प्रतिसेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै